चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, ९ साउन – चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा बोलेरो गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।

उहाँका अनुसार गए राति १२ः३० बजे, खैरहनीबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१० नम्बरको बोलेरो गाडीले, जनकपुरबाट काठमाडौं जाँदै गरेको रात्रिबसलाई ओभरटेक गर्ने क्रममा, विपरीत दिशाबाट आइरहेको बा.प्र. ०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका कँडेललाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर राति १ः१९ बजे उपचारका क्रममा उहाँको मृत्यु भएको हो। बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

Facebook Comments Box