प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर दोहा प्रस्थान

स्पेन, २० असार – स्पेनको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आज कतारको दोहा प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री ओलीले मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गर्नुभएको हो। उहाँलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल तथा अन्य अधिकारीहरूले विमानस्थलमा विदाइ गरेका थिए।

प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन पुग्नुभएको थियो। भ्रमणका क्रममा उहाँले सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलन ‘विकासको लागि वित्त’ (Financing for Development) मा सहभागी हुनुका साथै मेड्रिडमा विभिन्न कूटनीतिक तथा द्विपक्षीय कार्यक्रमहरूमा भाग लिनुभएको थियो। कार्यतालिका अनुसार प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे काठमाडौँ अवतरण गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Facebook Comments Box