मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

मुस्ताङ, १९ असार – नेपाल सरकारले मुस्ताङ जिल्लाको जोमसोममा वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको छ। वातावरण विभागले जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र जडान गरेको हो।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यो केन्द्र देशभर स्थापना गरिएका ३१औँ वायु गुणस्तर मापन केन्द्र हो। “वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषणलाई सन्तुलनमा राख्ने, दिगो विकाससँग जोड्ने र मानव स्वास्थ्यलाई सुरक्षित राख्ने उद्देश्यसहित यहाँ मापन केन्द्र स्थापना गरिएको हो,” उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार समुद्री सतहदेखि तीन हजार मिटरभन्दा माथिको उचाइमा विश्वका पाँच स्थानमा यस्ता केन्द्र स्थापना भएका छन्, जसमध्ये दुई नेपालमै– मुगुको रारा र मुस्ताङको जोमसोममा – रहेका छन्। जोमसोममा प्रविधि जडान गर्न एक करोड रुपैयाँभन्दा बढी खर्च भएको समेत जानकारी दिइयो।

केन्द्रमा पफ प्यानल गृह, दुई हजार किलोवाट क्षमताको सौर्यऊर्जा प्रणाली, विद्युत् पहुँच तथा इन्टरनेट जडान गरिएको छ। मापन केन्द्रबाट वायुको गुणस्तर, वातावरणीय स्वच्छता र प्रदूषण न्यूनीकरण सम्बन्धी भावी रणनीति तय गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

महानिर्देशक सुवेदीका अनुसार केन्द्र सञ्चालनमा आएसँगै परीक्षण प्रसारण भइरहेको छ र प्रारम्भिक तथ्याङ्कअनुसार जोमसोमको वायु गुणस्तर सूचकांक (AQI) मात्र ३ देखिएको छ। “विश्व स्वास्थ्य सङ्गठनले ५० अङ्कसम्मको सूचकाङ्कलाई राम्रो मानेको छ भने हामीले ४० अङ्कसम्मलाई राम्रो मान्छौँ,” उहाँले भन्नुभयो, “यहाँ ३ अङ्क देखिनु भनेको वायु गुणस्तर अत्यन्त राम्रो छ भन्ने प्रमाण हो। यहाँको वायु प्रदूषण शून्य जस्तै छ

Facebook Comments Box