प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
काठमाडौँ, ६ असार- प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ। प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको व्यवस्था गरिने प्रावधानअनुसार यो कार्यसूची तय गरिएको हो।
त्यसैगरी, आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत छवटा मन्त्रालयको शीर्षकमाथि समूहीकृत छलफल हुने कार्यक्रम तय गरिएको छ। संघीय संसद् सचिवालयका अनुसार छलफलका लागि तय गरिएका मन्त्रालयहरू यस्ता छन्:
-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
-
युवा तथा खेलकुद मन्त्रालय
-
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
-
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
-
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
-
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
विनियोजन विधेयकमाथि प्रारम्भिक छलफल आजबाट सुरु हुने र सांसदहरूले आफ्नो धारणा व्यक्त गर्ने क्रम अघि बढ्नेछ।

