८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए

काठमाडौँ, १ वैशाख – बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । प्रहरीका अनुसार बागलुङको ताराखोला गाउँपालिका-१ भुस्कातका हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन् ।

घरदेखि झन्डै ५० मिटर टाढा रहेको चउरमा पेट्रोल खनाएर आगो लगाइसकेको अवस्थामा उनकी श्रीमती र छोराले उद्धार गरेका थिए । हस्तका श्रीमती र छोरा थमनले उनको शरीरमा लागेको आगो निभाएर उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पुर्‍याएका थिए ।

कम्मरभन्दा माथिको भाग जलेर गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले हस्तलाई मृत घोषणा गरेका थिए । बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवका अनुसार पोष्टमार्टमपछि निजको शव छोरा थमनले बुझेका छन् ।

Facebook Comments Box