आज पनि देशभर तर केही ठाउँमा हिमपात तथा वर्षा हुने सम्भावना

काठमाडौँ, ३१ चैत – आज पनि देशभर तर केही ठाउँमा हिमपात तथा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोसी प्रदेश: दिउँसो हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाड र तराईका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाड र तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

मधेस: प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति भने वर्षाको सम्भावना छैन। बागमती प्रदेश: दिउँसो हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाड र तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति भने कतै हिमपात तथा वर्षाको सम्भावना छैन।

गण्डकी प्रदेश: दिउँसो हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाड र तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति पनि हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाडका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेश: दिउँसो पहाड र तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति भने वर्षाको सम्भावना छैन। कर्णाली प्रदेश: दिउँसो पहाडका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति भने वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेश: दिउँसो पहाड र तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति भने वर्षाको सम्भावना छैन। यसैबीच बागमती प्रदेशअन्तर्गत आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए।

‘अपराह्नपछि काठमाडौँमा पनि हल्का पानी पर्ने सम्भावना छ’, उनले नेपालखबरसँग भने ‘तर सम्भावना कम छ, आज काठमाडौँमा वर्षा हुने सम्भावना २० प्रतिशत मात्र देखिएको छ।’
उनका अनुसार अहिले बिहान भने काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा छ।

Facebook Comments Box