एकीकृत समाजवादीको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
काठमाडौँ, २० असार – नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबिच प्रतिस्पर्धा हुन लागेको छ ।
साथै अन्य पदमा पनि प्रतिस्पर्धा हुने बताइएको छ । सहमति जुटाउन अहिले काठमाडौँको एक होटेलमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । असार १६ गतेदेखि जारी पार्टीको महाधिवेशन नेतृत्व चयनसँगै आजै समापन गर्ने तयारी छ ।
Facebook Comments Box

