कोशी प्रदेशको पर्यटन वर्ष २०८२ सुरु

विराटनगर, २७ चैत – कोशी प्रदेशको पर्यटन वर्ष २०८२ सुरु भएको छ ।उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रबाट कोशी पर्यटन वर्ष २०८२ को उद्घाटन गरेका हुन् ।

पर्यटन वर्षको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्त्वपूर्ण टेवा पु‍र्‍याउने विश्वास व्यक्त गरे । कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको र यसका लागि भारतबाट पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ ।

पर्यटनको माध्यमबाट देशमा बढ्दै गएको आर्थिक शिथिलतालाई कम गर्न सकिने मन्त्री सिंहको भनाइ छ । मुलुक संघीयतामा गएपछि आम रूपमा जीवनस्तर वृद्धि भएको उनले बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्त्वपूर्ण भएको बताए । पर्यटकीय क्षेत्रहरूलाई विकास गरेर पर्यटनमार्फत राष्ट्रिय पूँजी निर्माण गर्ने उनले बताए । कोशी पर्यटनको विकास गर्दै प्रदेशलाई नमुना प्रदेशको रूपमा अघि बढाउने मुख्यमन्त्री कार्कीले बताए ।

पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा काम गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले ऊर्जा, जलविद्युत पर्यटन, जडीबुटीका क्षेत्रमा काम गर्ने बताए ।

Facebook Comments Box