एमसीसीको अनुदान पनि रोकियो
काठमाडौँ, ६ फागुन – अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले पनि अनुदान रोकेको छ। नेपालमा विद्युत प्रसारणलाइन बनाउन ५० करोड अमेरिकी डलरबराबरको अनुदान दिने घोषणा गरेको एमसीसीले फागुन २ गते इमेल पठाएर सबै प्रकारका भुक्तानी रोकेको जानकारी दिएको छ। नेपालमा एमसीसी परियोजना कार्यान्वयन गर्न एमसीए-नेपाल गठन गरिएको थियो।
‘नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न सम्झौताअन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको २०२५ जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Facebook Comments Box

