त्रिविका ६ विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव बिथोल्ने गतिविधि नगर्न आग्रह

काठमाडौँ, ६ फागुन – त्रिविका ६ विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव बिथोल्ने गतिविधि नगर्न आग्रह गरेका छन् ।अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष सिद्धान्त भट्ट, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष दिनेश ऐर, अनेरास्ववियू अध्यक्ष समिर गौतम, अखिल छौठौं त्रिवि इन्चार्ज विवेक जिसी, अखिल समाजवादीका संयोजक कविन्द्र सी र अखिल क्रान्तिकारीको अध्यक्ष विरेन्द्र नेपालीले विज्ञप्ति निकालेर चुनावको वातवरण बनाउन अनुरोध गरेका हुन् ।

पद्यमकन्या बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पसका स्ववियु अध्यक्ष प्रेम जैशीले रेक्टर खड्ग केसीको कार्यकक्षको ढोकामा ताला लगाएपछि ६ विद्यार्थी संगठनको विज्ञप्ति आएको हो।

‘विद्यार्थीहरुको वैधानिक तथा साझा संस्था स्ववियुको निर्वाचनको विषयलाई लिएर विद्यार्थीहरुबाट नै निर्वाचित भएका र विद्यार्थी कल्याण परिषद् सदस्य रहेका स्ववियुका केही सभापतिद्वारा शिक्षाध्यक्षको कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा गरिएको तालाबन्दी प्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ ।

निर्वाचनका गतिविधि विधोल्ने उद्देश्य राखेर त्रिवि सभामा विद्यार्थीबाट प्रतिनिधित्व गरेका सदस्यहरुले स्ववियु निर्वाचन नगराउने मनसाय राखेर जारी गरेका वक्तव्य प्रति घोर आपत्ति र दुख व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments Box