एनपीएलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको सानदार जित
काठमाडौँ, २१ मङ्सिर – नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले सानदार जित हात पारेका छन् । जनकपुर बोल्ट्सले दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गर्यो ।
जनकपुरको जितमा न्युजिल्याण्डका स्टार अलराउण्डर जिम्मी नीशमले अलराउण्ड प्रदर्शन गरे । बलिङमा २ विकेट लिँदै ब्याटिङमा अविजित ४० रन बनाएका उनी प्लेअर अफ दि म्याच बने । लगातार तेस्रो जितपछि जनकपुर ६ अंकहसित शीर्ष स्थानमा छ । यस्तै दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोएल्सले बिहीबारको दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले हरायो ।
स्कटिस खेलाडी ब्राण्डन म्याकमुलेनको अर्धशतक अनी नेपालका युवा स्पीनर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिमले सानदार जित हात पारेको हो । नरेन एकै खेलमा ५ विकेट लिने दोस्रो खेलाडी बने भने पहिलो नेपाली बलर बने । यसअघि चितवनका सोहेल तनविरले पनि गुर्खाज विरुद्ध नै ५ विकेट लिएका थिए ।

