साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने
काठमाडौं, १० भदौ – साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै बंगलादेशले नेपालसँग फाइनल भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा आइतबार नेपालले भुटानलाई पेनाल्टी सुटआयटमै ४-१ ले पराजित गरेको थियो ।
Facebook Comments Box

