माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश
काठमाडौँ, २१ साउन – काभा वुमन्स भलिबल नेसन्स लिगमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आजको जितसँगै नेपालको भेट सेमिफाइलमा इरानसँग पक्का भएको छ ।
दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५–८, २५– १९ र २५–१८ को जित दर्ता गर्यो । पहिलो सेटमा लगातार दबाब बनाउँदै जित निकालेको थियो ।
Facebook Comments Box

