सात चरणमा सम्पन्न भारतीय लोकसभा निर्वाचनको आज मतगणना, प्रारम्भिक रुझानमा एनडीए ५३ सिटमा अगाडि
झापा, २२ जेठ – सात चरणमा सम्पन्न भारतीय लोकसभा निर्वाचनको आज मतगणना भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ५४२ सिटको मतगणना बिहान ८ बजेदेखि भइरहेको हो। पहिलो चरणमा हुलाक मतपत्रको गणना भइरहेको छ। यसपछि ईभीएम खोलिनेछ।
अबको २ घण्टामा नयाँ सरकारको स्थिति लगभग स्पष्ट हुनेछ। प्रारम्भिक रुझानमा एनडीए ५३ सिटमा अगाडि छ भने आईएनडीआईए ४० सिटमा अगाडि छ। अप्रिल १९ मा सुरु मतदान प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्र वाराणसीसहित ५७ सिटमा जुन १ मा सकिएको थियो। जुन १ माजरी १२ एक्जिट पोलअनुसार भाजपाले लगातार तेस्रोपटक सरकार बनाउने आकलन गरिएको छ।
Facebook Comments Box

