बर्दिबासबाट काठमाडौँ हिँडेको बस सिन्धुलीमा दुर्घटना
काठमाडौं, १७ जेठ – बर्दिबासबाट काठमाडौँ हिँडेको बस सिन्धुलीमा दुर्घटना भएको छ। दुर्घटनामा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन।
००१ प १७३२ नम्बरको पर्यटक बस खुर्कोट बारा घुम्ती भन्ने ठाउँमा दुर्घटनामा परेको सिन्धुलीका प्रहरी एसपी गोविन्द काफ्लेले जानकारी दिए। उनका अनुसार, सुनकोशी सामुदायिक अस्पताल र सुवजीवन अस्पतालमा उपचार भइरहेको छ।
कम्तीमा २०/३० जनालाई उद्धार गरेर अस्पताल पठाइएको उनले बताए। घाइतेको अवस्थाबारे यकिन भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box

