इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूको जमानत जफत
इलाम, १८ वैशाख – इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले जमानत जोगाउन असफल भएका छन् । कुल सदर मतको १० प्रतिशत कटाउन नसकेपछि लिम्बूको जमानत जफत भएको हो । इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो ।
जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ । तर लिम्बूले ५ हजार ५० भोट मात्र ल्याए । यहाँ नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए ।
Facebook Comments Box

