नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं , १९ माघ – सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक दिउँसो २ बजे संसद् भवनमा बस्नेछ। मन्त्री र पूर्वमन्त्री रहेका आफ्ना दुई नेतालाई बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो। नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेरामक्स’ प्रविधि खरिद प्रकरणमा अख्तियारले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बयानका लागि बोलाएको हो। दुवै कांग्रेस नेता हुन्।

मन्त्री बस्नेतलाई बयानमा बोलायो अख्तियारले, उपस्थित हुन आलटाल तर प्रमुख सचेतक लेखकले बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने बताएका छन्। संसद्‌मा तिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउन पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि बैठकमा छलफल गरिने उनको भनाइ छ।

Facebook Comments Box