आज राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै

काठमाडौँ, १ माघ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ माघ १ गते दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै छ ।२०७९ सालमा सरकारको मन्त्रीपरिषद्को बैठकले प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधिता दिवस मनाउने निर्णय गरेको थियो ।

माघ १ गतेदेखि साताव्यापी रूपमा यो दिवस मनाउने निर्णय भएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । माघ १ गते दिवस भए पनि सार्वजनिक बिदाका कारण माघ ४ गते मूल कार्यव्रmम गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

माघ १ देखि ७ सम्म दिवसका अवसरमा मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गर्ने कार्यव्रmम रहेको उहाँले बताउनुभयो । कृषि आन्वंशिक स्रोत कृषि बाली एवं सम्बन्धित जङ्गली प्रजाति, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक स्रोत, कृषि महìवका किरा र कृषि महìवका सूक्ष्म जीवका बारेमा अन्तव्रिर्mया तथा विचार गोष्ठीको आयोजना गरिने छ ।

माघ ४ गते दिवस मूल समारोहसँगै कृषि जैविक एवं रैथाने बाली उपज प्रदर्शनी र सम्मान कार्यक्रमको आयोजना गरिने महानिर्देशक केसीले जानकारी दिनुभयो । माघ ५ गतेदेखि ७ गतेसम्म रैथाने बाली परिकारको विविधीकरणको विषयमा तीन दिन तालिम कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

नेपालको संविधानमा जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई उच्च महìव दिई राज्यको नीतिमा उल्लेख गरिएको बताउँदै उहाँले जैविक विविधता संरक्षणमा तीन वटै तहको सरकारको भूमिका रहेको बताउनुभयो । जैविक विविधतामा नेपाल धनी देश भए पनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधतामा ह्रास आइरहेको उहाँले बताउनुभयो ।

कृषि आनुवंशिक स्रोतमध्ये करिब ४० प्रतिशत लोप भइसकेको बताउँदै उहाँले कतिपय सामाजिक, धार्मिक तथा सांस्कृतिक परम्परा एवं अवसरहरू कृषि जैविक विविधतासँग जोडिएका भए पनि त्यस्ता विशेष पर्व वा अवसरमा त्यसको प्रचारप्रसार भएको देखिँदैन ।

Facebook Comments Box