राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि अभिनेता नीर शाहको नाम सिफारिस

काठमाडौँ, ११ पुस – राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए । अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् ।

शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ । गत साता अनलाइनखबरसँग कुरा गर्दै शाहले आफू राष्ट्रिय सभा सदस्यको आकांक्षी रहेको बताएका थिए ।

Facebook Comments Box