सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, २६ भदौ – पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
उन लाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल परामर्शमा रहेका छन् । नेम्बाङलाई दिइने सम्मानको टुङ्गो लागेपछि मन्त्रिपरिषद् बैठक बोलाएर निर्णय लिइने नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
Facebook Comments Box

