नेपाल सुपर लिगमा इलाम र चितवन गोलरहित बराबरीमा
काठमाडौँ, ३० मङ्सिर – नेपाल सुपर लिग एनएसएल फुटबलमा स्पोर्टिङ इलाम र एफसी चितवनले गोलरहित बराबरीमा रोकिएको छ । यो बराबरीले चितवनको प्ले अफमा पुग्ने संभावना कमजोर बनेको छ । उसको ७ खेलबाट ६ अंक छ र उ सातौं स्थानमा छ ।
यस्तै यो बराबरीले इलामको प्ले अफमा पुग्ने संभावना सकिएको छ । ललितपुर सिटीसँग खेल्न बाँकी इलाम त्यो खेल जिते पनि शीर्ष ४ मा पुग्ने छैन । दशरथ रंगशालामा भएको खेलमा गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् ।
Facebook Comments Box

