नेपाल सुपर लिगमा झापा एफसीकाे पहिलो जित

काठमाडौँ, २६ मङ्सिर – नेपाल सुपर लिग एनएसएल फुटबलमा झापा एफसीले पहिलो जित हात पारेको छ । लिगमा आफ्नो पाँचौं खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० ले हराउँदै झापाले पहिलो जित दर्ता गरेको हो । लिगको पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीसँग हारेको झापाले त्यसपछिका ३ खेल बराबरी खेलेको थियो ।

यो जितसँगै ६ अंक बटुलेको झापा छैटौं स्थानमा उक्लिएको छ । पराजित बुटवल भने ६ खेलबाट ७ अंकसहित पाँचौ स्थानमा कायम छ ।
कप्तान अन्जन विष्टको पासमा जवर्ज सान्चेजले बल अगाडि बढाउँदै बक्समा पुर्‍याएर प्रहार गरेको बल गोल भएको थियो । जारी सिजनमा झापाको यो दोस्रो गोल हो र सान्चेजको पहिलो गोल हो ।

Facebook Comments Box