इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी, १४ मङ्सिर – सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकमा बुधबार राति हात्तीले आक्रमण गर्दा स्थानीय रविन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

खड्का बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा हात्तीको आक्रमणमा परेका हुन्। हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्।

Facebook Comments Box