एसईईको रजिस्ट्रेसन फारम खुला
काठमाडौँ, २४ कात्तिक – राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिस्ट्रेसन फारम खुला गरेको छ। सानोठिमीस्थित बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज (शुक्रबार) एक सूचना प्रकाशित गरी लिने एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो।
एसईईमा समावेश हुन चाहने विद्यार्थीले आज (कात्तिक २४) देखि आगामी मंसिर मसान्तभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

Facebook Comments Box

