नेपालका भूकम्प प्रभावितलाई सहयोग गर्न भारत तयार छ : मोदी

काठमाडौं, १८ कात्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् ।आज सामाजिक सञ्जालमार्फत उनले भारत नेपाली जनताको दुखमा सँगै उभिन तयार रहेको भन्दै पीडित तथा प्रभावितलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

उनले लेखेका छन्– ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । भारत पीडामा रहेका नेपाली जनतालाई हर सम्भव सहयोग गर्न तयार छ। शोक सन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’

Facebook Comments Box