सोल्टिमोडस्थित सडक पेटीमा नेपाली सेनाका लेस नायक मृत अवस्थामा भेटिए

काठमाडौं, १८ कात्तिक – काठमाडौँ महानगरपालिका वडा नम्बर १३ सोल्टिमोडस्थित दरबार बैंकेटअगाडि सडक पेटीमा नेपाली सेनाका लेस नायक मृत अवस्थामा भेटिएका छन्।

गणेश दल गण जंगीअड्डा भद्रकालीमा कार्यरत लेस नायक वर्ष २६ का सुमन कार्की सडकमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमाेध ढुंगेलले जानकारी दिए।

उनका अनुसार काठमाडौँकै चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ घर भएका उनको साथमा नेपाल आर्मीको आईडी कार्ड भेटिएको छ। आज बिहान सवा ६ बजेतिर मानिस मृत भेटिएको भन्ने खबर आएपछि प्रहरी घटनास्थल पुगेको हो।

Facebook Comments Box