आजदेखि सरकारी कार्यलयहरु बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म

काठमाडौं, १६ कात्तिक – आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले हरेक वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोक्ने गरेकाे छ।कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ।

यो अवधिमा शुक्रबार दिउँसो ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन्।

आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे नै बन्द हुने छन्। अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन्।

Facebook Comments Box