काठमाण्डौ उपत्यकामा लगाइएको निषेधाज्ञा जेठ १३ गतेसम्म

काठमाडौँ, २८ वैशाख – काठमाण्डौ उपत्यकामा लगाइएको निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्मका लागि थप भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १५ दिन निषेधाज्ञा थप्ने निणर्य गरेको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

निषेधाज्ञाको अवधिमा पार्टी प्यालेस तथा होटलमा विवाह, व्रतबन्ध लगायतका भोज गर्न पूणर् रोक लगाउँदै घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था भएको छ । बैठकले खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारी लगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिनुभयो ।

यस्तै सबै निर्माण कार्य पनि रोकिने भएका छन् । राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य रोक्ने निणर्य भएको उहाँले बताउनुभयो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको एक हप्ते निषेधाज्ञा २२ गतेदेखि फेरि एक हप्ता थपिएको थियो ।
निषेधाज्ञाका कारण संक्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निणर्य भएको प्रमुख जिल्ल अधिकारीहरुको जनाएका छन् ।

Facebook Comments Box