जनमत पार्टी सरकारमा सहभागी हुने
काठमाडौँ, २७ साउन – जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् । प्रचण्ड मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ ।
सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । ‘कसलाई फिर्ता बोलाउने भन्ने तय भइसकेको छैन’ स्रोतले भन्यो । तर जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै उनको नाम सिफारिस गरेको थियो ।जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले पनि भोलि वा पर्सिसम्म सरकारमा जाने सम्भावना रहेको स्वीकार गरे ।
Facebook Comments Box

