नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्ने डाक्टरको संख्या ५ पुगे
काठमाडौं, २६ साउन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्ने डाक्टरको संख्या ५ पुगेको छ। पछिल्लो समय डा. श्रद्धा शिल्पकार पक्राउ परेसँगै नक्कली सर्टिफिकेट अभियोगमा पक्राउ पर्ने चिकित्सकको संख्या ५ पुगेको हो।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डा. शिल्पकार इसान बाल अस्पतालमा कार्यरत थिइन्।
यसअघि सीआईबीले डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाई पक्राउ गरिसकेको छ। नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मासमेत गर्दा नक्कली शैक्षिक प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।
Facebook Comments Box

