एनएसएलमा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदै

काठमाडौँ, १७ मङ्सिर – नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ । दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा छ ।

यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले झापा एफसीलाई हराएर पहिलो जित निकालेको थियो । दुई खेलबाट ३ अंकसहित इलाम छैटौं स्थानमा छ । लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुछारमा छ ।

बुटवल लुम्बिनी पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २-० ले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १-० ले पराजित भएको थियो । स्पोर्टिङ इलामको मार्की र कप्तानमा विकेश कुथु छन् भने एरिक विष्टले बुटवलको कप्तानी गर्नेछन् । उनी मार्की पनि हुन् ।

Facebook Comments Box