कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ, २३ असार – पानी पर्ने क्रम रोकिएको छैन। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् कोशी प्रदेशका पनि झापा, मोरङलगायत क्षेत्रमा फाटफुट पानी पर्न सुरु भएको छ।

‘देशभर नै बादल बिस्तारै बढ्दै छ’, उनले भने, ‘यतिबेला धेरै बदली चाहिँ कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको छ।’ काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए। ‘काठमाडौंमा पनि बिस्तारै बादल बढ्दै छ’, उनले भने, ‘मध्याह्नसम्म वर्षा होला।’

मौसम महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

यस्तै राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै देशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ हावाहुरी भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Facebook Comments Box