कोशी प्रदेश : मुख्यमन्त्रीका लागि थापाको दाबी पेश

कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गर्नुभएको छ । उहाँले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः५२ को समयमा सो दाबी पेश गर्नुभएको हो ।

थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का चार, जनता समाजवादी पार्टी (जसपा) का एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहने गरी दाबी पेश भएको बताइएको छ ।

Facebook Comments Box