काठमाडौँ उपत्यकामा ३ हजार ११३ जना सहित देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २६ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ११३ जना सहित देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार २७०, भक्तपुरमा ३८१ र ललितपुरमा ४६२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १७ हजार ३१५ आरटी पीसीआर तथा ९८९ एन्टीजेन परिक्षण सहित १८ हजार ३०४ जनाको परिक्षण गर्दा ८ हजार ४१८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ८५ हजार ८९० रहेको छ भने सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ३९८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ३७० जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ६३२ रहेको छ

