यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिने

काठमाडौँ, १६ असोज – यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिने घोषणा गरिएको छ । नोबल पुरस्कार समितिले वैज्ञानिकहरू पिरे एगोस्टिनी, फेरेङ्क क्राउज र एनी हुलियरलाई पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययन अन्तर्गत प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न अनुसन्धान लागि भौतिक विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

एगोस्टिनी कोलम्बियाको ओहियो स्टेट युनिभर्सिटीसँग आवद्ध छन् । वैज्ञानिक फेरेन्क क्राउज सन् १९६२ मा हङ्गेरीमा जन्मिएका हुन् । उनी हाल म्याक्स प्लाङ्क इन्स्टिच्यूट अफ क्वान्टम अप्टिक्स, जर्मनीको लुड्विङ म्याक्सिमिलियन युनिभर्सिटीमा आवद्ध छन् । यस्तै वैज्ञानिक एनी एल हुलियर सन् १९५८मा फ्रान्सको पेरिसमा जन्मिएका हुन् । उनी हाल स्वीडेनको लण्ड युनिभर्सिटीमा आवद्ध छन् ।

Facebook Comments Box