‘कथित समाजवादी मोर्चा’ : डा. बाबुराम भट्टराई
काठमाडौँ, ५ असार – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाको कडा आलोचना गरेका छन्। उनले ‘कथित समाजवादी मोर्चा’को संज्ञा दिएका छन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गरिएको छ।
तर समाजवादी मोर्चाको अवधारणा ल्याउने डा. भट्टराई स्वयं मोर्चामा समेटिएनन्। सोमबार अपराह्न राष्ट्रिय सभागृहमा आयोजित मोर्चा घोषणासभामा बाबुराम तथा उनको पार्टी नेसपा सहभागी भएन। यसैबीच उक्त मोर्चाप्रति डा. भट्टराईले तीव्र असन्तुष्टि प्रकट गरेका छन्। उनले समाजवादी मोर्चाको नियतप्रति नै प्रश्न उठाएका छन्। र, यसलाई सत्ता स्वार्थको हतियार नबनाउन कडा शब्दमा चेतावनी पनि दिएका छन्।
‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै लेखेका छन्, ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस

