२८ औं वन्यजन्तु सप्ताहका अवसरमा जैबिक बिविधता संरक्षण तथा बन्यजन्तुमैत्री पुर्वाधार निर्माणको बिषयमा छलफल

काठमाडौँ, ७ वैशाख – नेपालमा वन्यजन्तु एवं जैविक विविधता संरक्षणको महत्व र यसको उपयोगका लागि जनचेतना अभिबृद्धि गर्ने उद्देश्य सहित २८ औ वन्यजन्तु सप्ताह शुरु भएको छ ।

हरेक वर्ष वैशाख महिनाको पहिलो हप्तालाई नेपालमा वन्यजन्तु सप्ताहको रुपमा मनाउदै आएको छ । “समन्वय, सहकार्य र सहअस्तित्व ः बन्यजन्तु संरक्षणमा हाम्रो साझा दायित्व” भन्ने मुल नाराका साथ मनाईरहेको २८ औं वन्यजन्तु सप्ताह २०८० का अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हिजो जैबिक बिविधता संरक्षण तथा बन्यजन्तुमैत्री पुर्वाधार निर्माण बिषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा राष्टिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका महानिर्देशक डा. महेश्वर ढकालले नेपालमा रहेको जैविक बिविधता को संरक्षणको लागी चाल्नुपर्ने कदमहरु र यसमा रहेका चुनौतिहरु तथा बन्यजन्तुहरुको संरक्षणका लागी कसरी बन्यजन्तु मैत्रि पुर्वाधारहरु निर्माण गर्न सकिन्छ भन्ने वारेमा प्रस्तुति दिनुभएको थियो ।

उहाँले जैबिक बिभिधताको लागी नेपाल एकदमै धनि रहेको कुरापनि कार्यक्रममा राख्नुभयो । यस्तै उहाँले वन्यजन्तु संरक्षण बिभागले सरोकारवाला सम्पुणर् निकाय संग समन्वय गरी जैबिक बिभिदता तथा वन्यजन्तुहरुको संरक्षण गर्नको लागी एउटा नयाँ रणनिती प्रस्ताव गरी बन तथा वातावरण मन्त्रालयवाट स्वीकृत गरी लागु गर्ने योजनामा रहेको पनि बताउनुभयो ।

कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका साथै उर्जा जलश्रोत तथा सिचाँईमन्त्री शक्ति वहादुर वस्नेतलगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । नेपालमा हरेक वर्षको बैशाख ०१ गतेदेखी ०७ गतेसम्म वन्यजन्तु सप्ताह मनाइने गरेको छ ।

Facebook Comments Box