गठबन्धनले वृद्ध भत्ता बन्द गर्दैछ, जहाँ भेटिन्छ त्यहीँ हराऊँ : केपी शर्मा ओली

काठमाडौँ, ७ वैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारले सामाजिक सुरक्षा भत्ता बन्द गर्न लागेको आरोप लगाएका छन्। बारा क्षेत्र नम्बर २ को चुनावी सभालाई बिहीबार दिउँसो सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

‘यस सरकारले सामाजिक सुरक्षा भत्ता बन्द गर्दैछ’, उनले भने, ‘यो गठबन्धन सरकार अन्त्य नभएसम्म यस देशमा केही हुँदैन।’ उनले गठबन्धनका नेताहरुलाई जहाँ भेट्यो त्यहीँ पराजित गर्नुपर्ने बताए।

‘यिनीहरुलाई अन्त्य गर्न जुन ठाउँमा पायो त्यहीँ पछार्नु पर्छ, हराउनुपर्छ’, उनले भने, ‘एक ठाउँमा हारेका नेता यता आइपुगेछन्। यी डुलुवालाई बाराबासीले हराउने छन्।’

Facebook Comments Box