सिरुवा पर्वका अवसरमा मुख्यमन्त्री कार्कीको शुभकामना

विराटनगर, २ वैशाख – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तराईमा बसोबास गर्ने अधिकांश आदिवासी समुदायको महान चाड ‘सिरुवा पर्व–२०८०’को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुबामा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सिरुव पर्व नयाँ वर्षसँगै मनाउन सुरु गरिन्छ । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुरलगायत तराईका क्षेत्रका अन्य जिल्लामा सिरुवा पर्व धुमधामकासाथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाँई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।

यो पर्वलाई समय परिवर्तनको संकेतको रुपमा पनि मनाउने गरिन्छ । गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढीभन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता प्रदान गर्छ भत्रे मान्यताका साथ यस पर्वलाई ‘जुडशीतल’ पनि भत्रे गरिन्छ । सिरुवा जुडशीतलमा आदिवासी समुदायको नजिकमा रहेका धार्मिकस्थलमा मेला लाग्ने गरिन्छ । यस्तो मेला वैशाख महिना भरी नै ठाउँअनुसार फरकफरक दिनमा लाग्ने गर्दछ ।

सिरुवा पर्वमा मेला लाग्ने स्थानमा ग्राम देवताको पूजा गर्ने प्रचलन छ । यसबाट उत्पादन बढी हुने जनविश्वास छ । जुडशीतल मनाउने दिन अग्रजले बालबालिकाको शीरमा पानी छर्कने र बोटबिरुवामा पनि पानी हाल्ने प्रचलन छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेका छन् ।

हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । हाम्रा जुनसुकै पर्व राष्ट्रिय एकताको माध्यम बत्र सकोस् र यी पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भत्रे अपेक्षासहित फेरि पनि संसारभरिक छरिएर रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरुमा सिरुवा पर्वका अवसरमा मुख्यमन्त्री कार्कीले शुभकामना दिनुभएको छ । सिरुवा पर्व वैशाख २ गते मनाउने प्रचलन छ ।

Facebook Comments Box