पछिल्लो २४ घण्टामा देशभर १०६ जानामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

काठमाडौँ, २८ चैत – पछिल्लो २४ घण्टामा देशभर १०६ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
४७६ आरटी पीसीआर तथा १ हजार ९६० एन्टीजेन परिक्षण सहित २ हजार ४३६ जनाको परिक्षण गर्दा १०६ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५४ हजार ४९० रहेको छ भने सक्रिय संक्रमितको संख्या ४६९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार ४६१ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २१ पुगेको छ ।

Facebook Comments Box