सन्दीप र आसिफको कीर्तिमानी साझेदारीमा नेपालको जित
काठमाडौँ, १९ फागुन – स्पिनर सन्दीप लामिछानेले ब्याटिङमा आशिफ शेखलाई बलियो साथ दिँदा नेपालले विश्वकप छनौटको सम्भावना जीवितै राखेको छ। आईसीसी लिग २ मा शुक्रबार नेपालले पपुवा न्यू गिनीलाई ३ विकेटले पराजित गरेको हो।
ओपनर आसिफ शेखले नेपालका लागि नटआउट ८६ र सन्दीपले ३५ रन बनाए। विश्वकप छनौटमा पुग्न नेपालले बाँकी सबै खेल जित्नै पर्ने दबाब छ। नवौँ क्रममा आएका सन्दीपले ओपनर आशिफलाई बलियो साथ दिँदा नेपालको जित सम्भव भएको हो।
७ विकेट गुमेपछि क्रिजमा आएका सन्दीपले आशिफसँग ७७ रनको पार्टनरसिप गरे। नेपालका लागि कुशल मल्लले २३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
Facebook Comments Box

