नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, आजदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने
काठमाडौं, १० फागुन – आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई आजदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ । नेता भण्डारीको फागुन ४ गतेदेखि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा भइरहेको छ।
उनलाई मङ्गलवार राति पाँच लिटर अक्सिजनमा मात्र रिजरभायर ब्याग मास्कमा राखिएको र आजदेखि रिजरभायर ब्याग मास्कमा राखिने उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए । नेशनल बर्न सेन्टरका डा. सुनिल केशवानीका अनुसार नेता भण्डारीलाई ‘इटी ट्युब’ मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको उनले जानकारी दिए।
नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनकरूपमा पलाएको तर हातहरूमा अलि–अलि मात्र पलाएकाले एक हप्ता अझै हेर्ने अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने डाक्टरले जनाएका छन्।

