सार्वजनिक यातायात नचल्दा उपत्यकाका सर्वसाधरणले सास्ती

काठमाडौं, २ फागुन – आन्दोलनरत यातायात मजदुरहरुले आज (२ फागुन) यातायात सेवा बन्द गरेका छन्। ट्राफिक जरिवाना कम गर्नुपर्ने, बसपार्क बाहिर माइक्रो पार्किङ गर्नुपर्ने लगायतका माग राख्दै यातायात मजदुरहरु आन्दोलनमा उत्रिएका हुन्।

सोमबार दिनभर नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गरेका मजदुरहरूले मंगलबार उपत्यकामा यातायात बन्द गराउने निर्णय गरेका थिए। अहिले उपत्यकामा सार्वजनिक यातायात चलेको छैन। फाटफुट निजी सवारी भने सञ्चालन भएको छ। सार्वजनिक यातायात नचल्दा उपत्यकाका सर्वसाधरणले सास्ती व्यहोर्न परेको छ।

सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको हुन्।

Facebook Comments Box