पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकको एक भवनमा आगलागी
पोखरा, २८ माघ – पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकको एक भवनमा आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार सेलवेज टावर भन्ने भवनमा आगलागी भएको हो।
‘यसको अण्डरग्राउण्डमा विद्युत सर्ट भएर आगलागी भएको प्रारभिक बुझाइ छ,’,उनले भने नियन्त्रणको प्रयास भइरहेको छ।’ आगो निभाउन दमकलसहित सुरक्षाकर्मी र सर्वसाधारण खटिएका छन्। आगो नियन्त्रण नजिक रहेको उनले बताएका छन।
Facebook Comments Box

