राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने, आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने
काठमाडौँ, २२ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकले सो निर्णय गरेको हो । गृह मन्त्रालय नपाउने भएपछि आज बसेको पार्टी बैठकले सो निर्णय गरेको एक नेताले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको रास्वपाभित्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे मतभेद देखिएको थियो। सोही विषयमा छलफल गर्नका लागि शनिबार राति अबेरसम्म बैठक बसेको थियो।
त्यसपछि आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको रास्वपाभित्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे मतभेद देखिएको थियो।
सोही विषयमा छलफल गर्नका लागि शनिबार राति अबेरसम्म बैठक बसेको थियो। त्यसपछि आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय भएको सभापति रवि लामिछानेले बताएका छन्।

