प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउँदै रवि

काठमाडौँ, १३ माघ – सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार गएर राजीनामा दिने भएका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनामा बुझाउने तयारी गरेको उनका सहयोगी प्रकाश सिग्देलले  बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको थियो ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको थियो ।

Facebook Comments Box