अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटा मुद्दामा भएका फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर
काठमाडौँ, २८ मङ्सिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटा मुद्दामा भएका फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।
आयोगबाट विशेष अदालतमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको आयोगले जनाएको छ।
आयोगका अनुसार विशेष अदालतमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये राजस्व चुहावट, सार्वजनिक सम्पत्ति हानिनोक्सानी र घुस/रिसवत गरी जम्मा सातवटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो।
Facebook Comments Box

