तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना
काठमाडौँ, १७ मङ्सिर – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको र पहाडी भेगमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
राति भने देशभर मौसम सामान्यतया सफा रहने छ। महाशाखाले तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ। यसैबीच आज बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
Facebook Comments Box

