स्याङ्जा जिल्लाको क्षेत्र नं २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने
काठमाडौँ, १३ मङ्सिर – स्याङ्जा जिल्लाको क्षेत्र नं २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ। अहिले केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकले मतगणना सुचारु गर्ने सहमति गरेको हो।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा धाँधली भएको भन्दै नेकपा (एमाले) का उम्मेदवार पद्मा अर्यालसहित प्रतिनिधि सभा र प्रदेश सभाका १४ उम्मेदवारले छानबिन र पुनः मतदानको व्यवस्था गर्न माग गरेका थिए।
तर, निर्वाचन आयोगले पुनः मतदान नगरी मतगणना गर्न निर्देशन दिएको थियो। सो क्षेत्रमा एमालेका अर्याल र नेपाली कांग्रेसका धनराज गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
Facebook Comments Box

