नेपाल एयरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने
काठमाडौँ, १३ मङ्सिर – नेपाल एयरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ।
२ गन्तव्यमा भैरहवाबाट उडानको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग निगमले अनुमति लिएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपाल एयरलाइन्सले काठमाडौंबाट दोहा, दोहाबाट भैरहवा हुँदै फेरि काठमाडौं आउने जानकारी दिए।
त्यस्तै काठमाडौंबाट क्वालालम्पुर, क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं जहाज आउने छ। ‘भैरहवा विमानस्थललाई ट्रान्जिट जस्तै प्रयोग गर्छ,’ निरौलाले भने, ‘१९ डिसेम्बरबाट नियमित उडान गर्छ।’
Facebook Comments Box

